Thaha

Saturday 18 May - 1:28 pm NST

विश्वकप कबड्डीमा भाग लिन नेपाली टोली  भारतको फरिदावाद प्रस्थान



काठमाडौं, २९ पुस । भारतको फरिदावादमा हुने विश्वकप कबड्डीमा भाग लिन नेपाली महिला टोली आज त्यसतर्पm प्रस्थान गरेको छ । माघ १ देखि ३ गतेसम्म हुने विश्वकप प्रतियोगिताका लागि दुई प्रशिक्षकसहित १३ जनाको टोली भारत गएको हो । प्रतियोगितामा नेपाल, भारत, चीन, बङ्गलादेश, अमेरिकालगायत ३७ देशका खेलाडी सहभागी हुनेछन् । गतवर्ष भारतमै भएको विश्वकप कबड्डीमा नेपालले कास्यपदक प्राप्त गरेको थियो ।